दमक/  झापाको दमक नगरपालिका वडा नं ७ भित्र स्थानीय र माथिल्लो तहका सरकारको योजनामा परेका १३ करोड रुपैयाँ भन्दा बढी लागतका पूर्वाधार बिकासका योजनाहरु धमाधम सञ्चालन भइरहेका छन ।

दमक ७ भित्र पर्ने यहाँको वडा कार्यालय समेत रहेको पशुहाट क्षेत्र कम्पाउण्ड वाल समेत हुने नगरपालिकाको दिगो आम्दानीको स्रोत समेत मानिएको पसल कवल (व्यवसायिक प्रयोजन)का ५२ वटा सटर एकसाथ निर्माणको अन्तिम चरणमा छन ।

दमक नगरपालिकाको पूर्वाधार बिकास समितिका संयोजक समेत रहेका सो वडाका वडाध्यक्ष भिमप्रसाद पौडेलका अनुसार ति पसल कवल निर्माणको योजनामा नगरपालिका , व्यवसायीहरु र दातृ निकायको समेत साझेदारी छ । यो योजना ६ करोड ३२ लाख लागतको हो । यसको निर्माण अन्तिम चरणमा पुगेको र सम्पन्न भएपछि यी कवलहरु नगरपालिकाका आम्दानीको स्रोत हुने वडाध्यक्ष पौडेलको भनाई छ ।

त्यसैगरी सोही वडामा पर्ने रतुवा खोला किनारमा संघीय सरकारको सहयोगमा ३ सय ६० मिटर बाँध निर्माणको योजना कार्यान्वयनमा छ । सो योजनाको कूल लागत ३ करोड रहेको बताइएको छ । त्यस्तै सो वडामा पर्ने रेडक्रस भवन (तामागं निवास)देखि उत्तर तर्फ हनुमान मन्दिर क्षेत्रमा रहेको नगरपालिका रोडलाई जोडने सडक विस्तारसहितको कालोपत्रे योजना १ करोड ३२ लाखको लागतमा सम्पन्न गर्ने गरी कालोपत्रे भइरहेको छ ।

यो योजना नगरस्तरको योजनाका रुपमा कार्यान्वयको अन्तिम चरणमा रहेको वडाध्यक्ष पौडेलले जानकारी दिए । सडक कालोपत्रेका अतिरिक्त सो वडाको लेखनाथ चोकबाट श्रीपाली टोल सम्मको सडकको दुवै किनारमा ढल अपग्रेडसहित फुटपाथको योजना १ करोड ४७ लाखको लागतमा सञ्चालन भइरहेको छ । ढल अपग्रेडले यो क्षेत्रमा हुँदै आएको डुबानको समस्या हल गर्नुका साथै आवागमन सहज बन्ने विश्वास वडाले लिएको छ । लेखनाथ चोकबाटै बसपार्क तर्फ गौरी बरालको घर सम्म नगरपालिका रोडको दुवै किनारमा व्यवस्थित ढल निकास निर्माणको योजना पनि कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । शहरी बिकास मार्फत संघीय सरकारले सो योजनामा कूल ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

Facebook Comments Box