दमक/ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज दमकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संघको दमक नगर कमिटीले गणतन्त्र चोकमा आयोजना गरेको रक्तदानमा ३० जनाले रक्तदान गरेका थिए ।
अनेमसंघ नगर कमिटी अध्यक्ष सीता कार्कीको अध्यक्षता र अनेमसंघ केन्द्रिय सचिव एवं पार्टी केन्द्रिय सदस्य मेनुका काफलेको प्रमुख आतिथ्यमा भएको रक्तदान शुभारम्भ कार्यक्रममा पार्टीका झापा जिल्ला इञ्चार्ज विशाल भटट्राईको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी उपसचिव एवं गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजवंशी, पार्टीका प्रदेश सभा क्षेत्र खका अध्यक्ष अम्बिका खनाल, अनेमसंघ झापा जिल्ला सचिव लिला ढुंगेल दाहाल, दमक ८ का वडाध्यक्ष दिपेश दाहाल, अनेमसंघ क्षेत्रीय अध्यक्ष गीता कुँवर, पार्टीका दमक नगर कमिटीका पूर्व अध्यक्ष बोधप्रसाद घिमिरे, पार्टीका युवा बिद्यार्थी फाँट इञ्चार्ज राम पौडेल लगायत पार्टीका नेता, र जनवर्गीय संगठनका नेता, कार्यकर्ताहरु सहभागी थिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको अनेमसंघ नगर अध्यक्ष सीता कार्कीले जानकारी दिइन ।
Facebook Comments Box