दमक/ च्याम्बर अफ कमर्स, दमक झापाको दोस्रो अधिबेशनले पुनः राजेन्द्र कुमार ढाकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
दमकमा शुक्रबार सम्पन्न संस्थाको दोस्रो अधिवेशनले ११ सदस्यी समिति सर्बसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अजय कुमार अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा ख्याम सापकोटा र कोषाध्यक्ष शम्भु प्रसाद खतिवडा चयन भएका छन् ।

समितिका सदस्यहरुमा सन्दिप शाहेवाला, नविन सेडाईं, राजकुमार गुप्ता, रिङकुमार आचार्य, विन्दु सिटौला र कुसुम ढुंगेल चयन भएका जनाइएको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा बोल्दै थापाले विकासका काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले विकासका काम साझा भएकाले पार्टी हेर्न नहुने पनि जिकिर गरे ।
कार्यक्रममा ब्वसायीहरुले सरकारले ब्यवसायीको हितमा काम नगरिदिँदा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका थिए । उनीहरुले बैंकले बढी ब्याज लिने गरेका कारण ब्यवसायीहरु मारमा परेको अवस्थामा सरकारले बैंकहरुमाथी कडाइँ गर्न नसकेको उल्लेख गरे । ब्यवसायीहरुले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्न सरकारसँग माग गरे । कार्यक्रममा, चेम्बर केन्द्रीय सदस्य ओम विमली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, चेम्बर प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, आन्तरिक राजश्व कार्यालय प्रमुख लभकुमार अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Facebook Comments Box