दमक/सामाजिक क्षेत्रमा क्रियाशील असहाय मानव सेवा समाज नामक संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा लैंगिक हिंसा रोकथाम सम्बन्धि अन्तरक्रियासहित मजदुर महिलालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
समाजले दमक वडा नम्बर १ मा रहेका १५० जना महिला मजदुरहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्य र मानव अधिकार संगठन जिल्ला सभापति डिल्ली भट्टराईको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष सजु बुढाथोकीले गरेकी थिइन । दमक १ स्थित दुर्गा मन्दिरको सभाकक्षमा आयोजित सो कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि सहभागिता थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष पुनम रिजालले स्वागत मन्तव्य राखेकी थिइन ।

 

Facebook Comments Box