दमक/ महिला मानबअधिकार रक्षक सञ्जाल मिक्लाजुङसंगको सहकार्यमा कारितास नेपालद्वारा महिला अधिकार, महिलाका मुद्वा तथा स्थानीय सरकारमा महिलाको पहुच बिषयक एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान अन्तर्गत आज सो कार्यक्रम मिक्लाजुङमा सम्पन्न भएको हो ।

सो अवसरमा संबिधानमा महिलालाई दिईएको अधिकार, महिला अधिकारका लागि गरिएको प्रयास, अधिकार प्राप्तिका लागि गरिनुपर्ने सङ्गठित प्रयास,वजेट निर्माणको तहमा सरोकारवालाको भुमिका एवम स्थानिय सरकारले महिलाका सवालमा गर्न सक्ने भूमिकाको बिषयमा छलफल तथा अन्तकृया गरिएको थियो ।
अन्तकृयालाई संविधान सभा सदस्य तथा महिला अधिकारकर्मी अनिता परियारले सहझिकरण गरेकी थिइन ।

गाँउपालिका उपाध्यक्ष दिनेश पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष पौडेलले महिलालाई उत्पादनसंग जोड्दा महिलाहरू सबल र सक्षम हुने वताउदै पालिकाले सोहि अनुसार कार्यक्रम तयार पार्ने र महिलाहरूले पनि कार्यक्रम माग गर्दा उत्पादन सग जोड्ने कार्यक्रम माग गर्न गरे ।

मिक्लाजुङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अभय गुप्ताले महिला अधिकार अधिकार प्राप्ति र कार्यन्वयन गरि दुई तरिका वाट हेरिनुपर्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कारितास नेपालका प्रतिनिधि गोबिन्द राज कट्टेलले समुदाय स्तरमा बैदेशिक रोजगारले लैङ्गिक हिंसा बढ्न थालेकोले सचेतिकरण लागि यस्ता कार्यक्रम स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढाइएको बताए । महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला जनप्रतिनिधि,महिला समुहका प्रतिनिधि, अगुवा महिला गरि ७० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

Facebook Comments Box