दमक/ दमक नगरपालिका वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेले आफूमाथी दमककी महिला उद्यमी ब्यवसायी विन्दु सिटौला(लक्की)ले अन्याय गरेको भनि लगाएको आरोपको झण्डै एक सातापछि औपचारिक रुपमा खण्डन गरेका छन ।
सिटौलाले सो वडामा आफूले व्यवसाय दर्ता गर्न खोज्दा वडाध्यक्ष न्यौपानेले दर्ता गर्न नदिएर अन्याय गरेको भनि आरेप लगाउँदै पत्रकार सम्मेलन गरेको सातापछि न्यौपानेले आफूमाथी लागेको आरोपको औपचारिक रुपमा खण्डन गरेका हुन । यद्यपी उनले यसअघिनै पत्रकारहरुको जिज्ञासामा अन्यायमा परेको भए कानुनी उपचारमा जान सुझाव दिएका थिए ।
मंगलबार सो बिषयलाई लिएर वडाध्यक्ष न्यौपानेले वडा कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेर सामाजिक सञ्जालहरुमा आफ्नो चरित्र हत्या गर्ने मनशायसाथ सिटौला र उनका समर्थकहरुले गरेको टिकाटिप्पणीप्रति गम्भीर ध्यान कर्षण भएको उल्लेख गरे ।
न्यौपानेले ब्यवसायी सिटौलाले ब्यवसाय दर्ता गर्न सिफारिस माग गर्दा दिन नमानेको भन्ने भ्रामक भनाई प्रति गभ्भीर ध्यानकर्षण भएको बताएका हुन् ।
सिटौलाको १० कठठा जग्गा साविका लखनपुर गाविस वडान.१ हालको कमल गापा वडा न.५ मा रहेको मालपोत कार्यालय दमकको २०७३ मंसिर १९ गतेको लिखत पारित तत्कालिन लखनपुर गाविस हालको कमल गापाको घरवाटो सिफारिस ,सम्पत्तिकर तिरेको रसिदको आधारमा दमक १ को क्षेत्रमा नपर्ने देखिएको हुदा ब्यवसायको सिफारिस दिन नसकेको वडाअध्यक्ष न्यौपानेको स्पष्टोक्ती थियो ।
नापी कार्यालय दमकलाई यो जग्गाको भौगोलिक सिमाकंन यकिन गरी लेखि पठाउन वडाले गरेको पत्राचारको जवाफ नापी कार्यालयले गत मंसिर ११ गते उपलब्ध गराएको न्यौपानेले बताए । नापी कार्यालयले यो जग्गा मधुमल्लाको ६ ङ मा पर्छ भनी लिखित पत्र पठाएको तर हालको ठेगाना उल्लेख नगरिदिएको उनको भनाई छ । उनले भने– यो दमक १ मा पर्दैन रतुवा खोला पारी कमलमा पर्छ म ढुक्क छु ।
सिटौलाले इको नेपाल इन्फनइस्ट्रक्टर प्रालिको नाममा साविक मधुमल्ला ६(ङ)पर्ने कित्ता न. १६४ को जग्गा मालपोत कार्यालयको श्रेस्ता अभिलेखवाट २०७३ साल मंसिर १९ गतेको मिना राई र केशावती पुरीका नाममा कित्ता काँट भइ सिटौलाको नाममा कित्ता न.१६३ को दक्षिण तर्फ कित्ता न.१६४ कायम भई जग्गा १०कठठा लिखत पारित भएको देखिएको वडाअध्यक्ष न्यौपाने सहितको वडा सदस्यहरु द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सिटौलाले ब्यवसाय दर्ता गर्न सिफारिस माग गर्दा वडा अध्यक्ष न्यौपानेले सिफारिस नदिएको भन्दै गत मंसिर १३ गते पत्रकार सम्मेलन गरेकी थिइन ।
जग्गाधनी सिटौलाले दमक १ न. वडाअध्यक्ष न्यौपानेले शुरुमा बुझेर मात्र सिफारिस दिने बताए पनि पछिल्लो समय घटना क्रम बढ्दै गएपछि प्रतिसोध साधेर ब्यवसायको लागि सिफारिस नदिएको आरोप लगाउँदै आएकी थिइन् ।
गत जेठ ११ गते ख्रिष्ट कोष्ट मण्डलीको नाममा इको नेपाल इन्फाइस्ट्रक्टर सञ्चालन रोक्का दमक नगर प्रमुख राम थापा समक्ष निवेदन परेको र नगर प्रमुख थापाकै सक्रियतामा छलफल भएको तर निकास ननिस्कीएको हुदा सिफारिस दिन नसकेको प्रेस विज्ञप्तमा उल्लेख छ ।

 

Facebook Comments Box