दमक/ दमक नगरपालिकाले जाँजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका परिवारको लागि राहत स्वरुप उपलब्ध गराएको पाँच लाख रुपैयाँ बराबरको बैकिङ चेक हस्तान्तरण गरिएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा दमक नगरपालिकाको तर्फबाट उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले जाँजरकोटका प्रभावितका लागि ३ लाख रुपैयाँ र पश्चीम रुकुमका प्रभावित नागरिकहरुलाई दुुई लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेकी हुन ।
जाँजरकोट जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा मार्फत भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८० को खातामा जम्मा हुने गरी सहयोग रकम हस्तान्तरण गरिएको हो भने रुकुम पश्चिमका भुकम्प पीडितहरुलाई प्रदान गरिएको रकम बराबरको चेक रुकुम(पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत जिल्ला विपत व्यवस्थापन समिति रुकुम पश्चिमको खातामा जम्मा हुने गरी उपप्रमुख भट्टराईले हस्तान्तरण गरेको उपप्रमुखको सचिवालयले जनाएको छ ।
