दमक/ नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)प्रवेश गरेका छन । कार्कीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्दैं सदस्यता प्रदान गरेका हुन ।
कार्की धरानबाट प्रकाशित ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक हुन ।

धरान १५ निवासी कार्की लामो समयदेखि पत्रकारीतामा सकृय छन ।
पार्टी अध्यक्ष लिङदेन यसअघि कार्कीको घर मै पुगेर राप्रपामा स्वागत गर्न तयार रहेको बताएका थिए । पछिल्लो समय नेकपा एमालेमा सकृय राजनीति रहेका पूर्व प्रदेश कमिटी सदस्य कार्र्की २०७९ सालको प्रतिनीधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा एमालेको तर्फबाट उम्मेदवारको आकांक्षी पनि थिए ।

Facebook Comments Box