ताप्लेजुङ/ताप्लेजुङको सिरिजगां गाउँपालिका वडा नं ८ छेबुकस्थित भित्री कच्ची सडकमा बोलेरोले थिचेर भएको दुर्घटनामा चालकको ज्यान गएको छ । सोमबार राती करिब साढे ९ बजे भएको सो दुर्घटनामा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरोका चालक फुङलिङ ५ का ३० बर्षिय निसान लिम्बुको मृत्यु भएको हो ।
लिम्बुले चलाएको बोलेरो गाडी भोटेगाउँबाट छेबुक तर्फ जादै गर्दा अचानक बिग्रिएकोले साथीहरुलाई बोलाएर गाडी पछाडीबाट ओरालो तर्फ ठेल्ने क्रमम गाडी अनियन्त्रित भई अचानक सडकको भित्तामा ठोकिएर पल्टिदा चालक लिम्बुको गाडीले थिचेर घट्नास्थलमै मृत्यु
भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सो दुर्घटनाका बिषयमा स्थानीयले प्रहरी चौकी याम्फुदिनमा खबर गरेका थिए । दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यायल ताप्लेजुङबाट ११२ किलोमिटर उत्तर पश्चीम क्षेत्रमा पर्ने जनाइएको छ ।