विराटनगर/सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी दुबैको समीक्षा भइरहेको भन्दै पार्टी र सरकारको कामलाई नयाँ शिराबाट गति दिइने बताएका छन् । उनले त्यस बिषयमा कुराकानी भइरहेकाले निकट भविश्यमा काम र परिणाम देखिने दाबी पनि गरेका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले अहिले भईरहेका कतिपय उच्छृखंल र अराजक गतिबिधिको प्रतिवाद भने गर्नुपर्ने बेला भएको बताए ।
राजनीतिक तथा राज्य व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताउँदै उनले अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसको प्रतिवाद गर्नुपर्ने बेला भने आइसकेको बताए । उनले भने ‘अहिले नै राज्य व्यवस्थाप्रति कुनै प्रकारको खतरा छैन’, विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘तर जुनखालको गतिविधि देखापर्न थालेको छ, त्यसलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय भने आइसकेको छ ।’
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी समेत गरे । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुलाई औपचारिकरुपमा जानकारी नभएको पनि बताए ।
Facebook Comments Box