दमक/अखिल नेपाल महिला संघ झापा क्षेत्र नं ५ को प्रथम क्षेत्रीय सम्मेलनले गीता कुँवरको अध्यक्षतामा क्षेत्रीय कमिटी चयन गरेको छ ।
दमकमा रहेर पार्टी संगठन तथा सहकारीसँगै सामाजिक क्षेत्रमा क्रियाशील नेतृ कुँवरको अध्यक्षतामा बनेको क्षेत्रीय कमिटीको उपाध्यक्षद्धयमा।सरस्वती निरौला र अनिता कटुवाल सचिबमा हिमा आचार्य भट्टराई, सहसचिवमा अमृता कार्की र कोषाध्यक्षमा बसन्ती राजबंशी चयन भएका छन ।  क्षेत्रीय कमिटी ३५ सदस्यीय बनेको छ ।
शनिबार दमकस्थित पार्टी कार्यालयमा भएको सम्मेलनले सो कमिटी निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनमा कूल ९५ जना प्रतिनिधिहरुले भाग लिएका थिए ।
अनेमसंघले जिल्लाका पाँच वटै क्षेत्रमा क्षेत्रीय तहका सम्मेलनहरु सम्पन्न गर्ने सांगठनिक योजना अनुसार जिल्लाका ४ क्षेत्रमा सम्मेलन सम्पन्न भइसकेका र अब क्षेत्र नं ३ मा सम्मेलनको अन्तिम तयारी गरिएको अनेमसंघ जिल्ला सचिव लिला ढुंगेल दाहालले जानकारी दिइन ।

 

Facebook Comments Box