दमक/ झापाको दमक ५ मा रहेको प्रशान्ति टोल विकास संस्थाले एक कार्यक्रमकाबीच आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेको छ । दमक ५ स्थित भोजपुरे होटलको सभाहलमा भएको सो कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव राजेन्द्र प्रसाद रेग्मीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष चुडाराज खनालले गरेका थिए । दुबै प्रतिवेदनमाथि उपस्थित सदस्यहरुले छलफल गरि सर्वसम्मतिबाट पारित गरेका थिए । सदस्यलाई मासिक बचत गर्ने बानीको विकास ,छिमेकीहरूमा भाईचाराको सम्बन्ध, स्थानीय सरकारलाई टोलमा उत्पन्न समस्याको जानकारी ,सडकबत्ती जडान गर्ने जस्ता महत्वपूर्ण कार्य गर्दै आएको समेत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले कार्यक्रमकाबीच जेष्ठ सदस्य दिलप्रसाद लिम्बू र नियमित तथा अनुशासित बचतकर्ताको रुपमा देवी भट्टराई ,केदार बस्नेत,अनिता गुरुङ र हरि विमलीलाई पनि सम्मान गरेको थियो । वडा नम्बर ५ का वडा सदस्य गोपाल संग्रौला प्रमुख अतिथी रहनु भएको सो कार्यक्रममा इलाका ट्राफिक कार्यालय दमकका प्रमुख सुरेन्द्र खड्का , समाजसेबी मोहन पोख्रेल,आर्दश टोल बिकास सस्थाका अध्यक्ष प्रदिप न्यौपाने समेतको उपस्थिती थियो । कार्यक्रम सस्थाका उपाध्यक्ष सरोज ओलिको अध्यक्षता सम्पन्न भएको थियो । हाल सो सस्थामा ६० सदस्य रहेका छ्न ।