दमक/ पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर आज (शनिबार) बिहान झापाको दमकमा प्रभातफेरी निकालिएको छ ।

आज शनिबार र आइतबार दुई दिन सम्म हुने राट्रिय महाधिवेशनको उदघाटन अघि बिहान निकालिएको प्रभातफेरीमा दमकबाट ठुलो संख्यामा योग साधकहरुका अतिरिक्त अन्य सर्वसाधारणहरु सहभागी भएका छन । प्रभातफेरीमा विभिन्न नाराहरु लोखिएको व्यानर र पर्चासहित सहभागीहरुले बोकेका थिए । दमकस्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरु, जातिय संघसंस्थाका भेषभुषासहित प्रतिनिधिहरु, स्काउट, नगर प्रहरी, दमक प्रहरी, धार्मीक व्यक्तित्वहरु सहभागी भएका महाधिवेशन समारोह समितिका सदस्य तथा योग प्रशिक्षक ताराप्रसाद गौतमले जानकारी दिए ।

महाधिवेशनस्थल दमकस्थित पशुपति मन्दिरबाट निस्किएको र्याली शंखधर चोकहुदै नमुन मार्गबाट नगरपालिका कार्यालय, फाल्गुनन्द चौक परिक्रमा गर्दै महाधिवेशनस्थल पशुपति मन्दिरमा आइपुगेको थियो ।
र्यालीको नेतृत्व पातञ्जल योग समितिका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवाल, उपाध्यक्षहरु होमप्रसाद गौतम, सुर्वण चित्रकार, महासचिव नवराज काफ्ले, कोशी प्रदेश अध्यक्ष केशव ताम्राकार लगायतले गरेका थिए ।
महाधिवेशनमा देशभरबाट १५१ प्रतिनिधि तथा पर्यवेक्षकहरुसमेत गरी २ सय बढी सहभागी हुने राष्ट्रिउ उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज होम गौतमले जानकारी दिए ।

आज (शनिबार) तेस्रो राष्ट्रिय महाधिवेशनको समुदघाटन जगतगुरु अनन्त बिभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजका बाहुलीबाट हुने कार्यक्रम छ । आजै, अपरान्हदेखि महाधिवेशनको बन्दसत्र हुने र भोली (आइतबार) पातञ्जल योग समितिको राष्ट्रिय समितिको नयाँ नेतृत्व चयन हुने छ । नयाँ बन्ने ५१ सदस्यीय समितिका लागि बन्दसत्रमा निर्विरोध चयन गरिने महासचिव काफ्लेले जानकारी दिए ।

Facebook Comments Box