गौरीगंज/ झापाको गौरीगंज गाउँपालिका वार्ड नं.१ स्थित महाभारा स्वास्थ्य चौकीमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।  लायन्स क्लब अफ विराटनगर गुराँसको आयोजना र गौरीगंज गाउँपालिका वार्ड नं १ को सहआयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

विराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा नौ जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरेका थिए । गौरीगंज गाउँपालिकाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फूलवती राजवंशीले शिविर उद्वघाटन गरेकी थिइन । शिविरमा वरिष्ठ फिजिसियन, स्त्री रोग, वाफ रोग आँखा रोगका साथै निशुल्कमा जाँच गरिएको वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । शिविरमा ४ सय २८ जनाले स्वास्थ्यलाभ लिएका थिए । लायन्स क्लब अफ विराटनगर गुराँसका नवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं.१ वडा अध्यक्ष कार्तिकलाल राजवंशी, डिष्ट्रिक क्याविनेट सेक्रेटरी लिला चिमरिया, नेपाली कांग्रेस क्षेत्र नं. ४ प्रदेश ९ख०का उपसभापति गोपाल चन्द्रसिंह राजवंशी,  उदयलाल बराल, राजु अधिकारी, ओम प्रसाईं, मदन खतिवडा, दिपकबाबु तिवारी, मणिराज प्रसाईं, गौरीगंज स्वास्थ्य प्रमुख तथा रामचन्द्र मिश्र, वार्ड सदस्यहरू रेखा राजवंशी, कृष्ण महतो, दुर्गा परियार, राजभत्त सुनुवार, महाभार स्वास्थ्य चौकी प्रमुख, वडा सचिव सुमन रेग्मीलगायत विभिन्न पार्टी प्रतनिधिहरूको सहभागीता थियो । कार्यक्रममा लायन्स क्लबले स्वास्थ्य केन्द्र र वडा कार्यालयलाई फिल्टर वितरण गर्नुका साथै रत्तदान कार्यक्रम गरिएको थियो ।

Facebook Comments Box