कमल/ झापाको कमल गाउँपालिका वडा नं ७ रहेको पिङडाँडा आधारभूत बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण हुन नसक्दा रित्तिदै गएको छ ।   २०४३ सालमा स्थापना भएको सो बिद्यालय भौतिक पूर्वाधार र जनशक्ति शिक्षकहरुको उपलब्ध हुँदा पनि बिद्यार्थीबिहिन बन्ने अवस्थामा पुगेको हो । बाल बिकास केन्द्र समेत सञ्चालनमा रहेको कक्षा ५ सम्मको पठनपाठन अनुमति तथा स्वीकृति पाएको बिद्यालयमा ४ जना शिक्षक, एक जना सहयोगी कार्यकर्ता ९बाल शिक्षक० र एक जना कर्मचारी समेत कूल ६ जना कार्यरत छन् ।

कार्यरत शिक्षक र कर्मचारी समेत सबै महिला मात्रै रहेको यो बिद्यालयमा बिद्यार्थीको संख्या बर्षेनी घटदै गएको र चालू शैक्षिक सत्र २०८० मा कूल १३ जना मात्रै बिद्यार्थी अध्ययनरत रहेका पाइएको छ ।  कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने सो बिद्यालयमा बिद्यार्थी संख्या बढनै नसकेको  बताउँछन ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित शिक्षा अधिकारी समेतको टोलीले गरेको अनुगमनका क्रममा भने १३ जना मात्रै बिद्यार्थी पाइएकाले त्यहाँको बिद्यार्थी संख्या १३ नै भएको शाखा प्रमुख न्यौपानेले  बताए । बिद्यालय सञ्चालन हुनुपर्ने समयमा त्यहाँ कार्यरत महिला शिक्षकहरु नियमित बिद्यालय पुग्ने र आएका सबै कक्षाका बिद्यार्थीलाई एउटै कोठामा भेला गरेर शिक्षक बिद्यार्थी एउटै कोठामा बसेर अध्ययन अध्यापन गराउने गरेका छन् । बाल बिकास केन्द्रका देखि कक्षा ५ सम्म पढ्ने कूल १३ जना बिद्यार्थी एउटै कक्षाकोठामा बसेर अध्ययन गर्ने गर्छन् ।

बिद्यालयको अभिलेखमा भने विद्यार्थीको संख्या ३५ जना रहेको उल्लेख छ । तर दैनिक उपस्थिति हुने विद्यार्थीको संख्या चाहि एक दर्जन मात्र छ । विद्यालयकी प्रधानाध्यापक देवीमाया अधिकारी विद्यार्थी भर्ना ३० भएपनि दैनिक हाजिरी भने अत्यन्त न्यून भएको स्विकार्छिन ।  उनी भन्छिन –‘विद्यार्थी नहुदाँ समस्या भएपनि पठनपाठन भने नियामानुसार सञ्चालन हुदैआएको छ ’

कुन कक्षामा कति बिद्यार्थी ?

बाल बिकास ९नर्सरी०मा पाँच जना, एल केजीमा चार जना, कक्षा १ मा एक जना, कक्षा दुईमा छ जना, कक्षा तीनमा एक जना, कक्षा चारमा ५ जना र कक्षा पाँचमा तीन जना बिद्यार्थी छन् ।
किन बढन सकेन बिद्यार्थी संख्या रु
सो बिद्यालयबाट नजिकै रहेको अर्को सामुदायिक बिद्यालय सिंहदेवी आधारभुत बिद्यालय बिष्णुकट्टामा बिद्यार्थीहरुको आकर्षण बढेकाले पनि पिङडाँडा विद्यालयमा बिद्यार्थी संख्या बढन नसकेको हुन सक्ने शाखा प्रमुख न्यौपानेको बुझाई छ ।
अभिभावकहरुले सामुदायिक बिद्यालयको गुणस्तरमा विश्वास नगरी वा अरुको देखासेखि गर्ने पनका कारण शहरका निजी बोर्डिङ स्कूलमा आफना छोराछोरी पठाउनाले पनि बिद्यार्थी संख्या बढन नसकेको हुन सक्ने जानकारहरुको बुझाई छ ।
समुदायका अगुवाहरुले बर्षेनी बिद्यार्थी बढाउने प्रतिबद्धता जनाउने गरेका तर बिद्यार्थी संख्या भने बढन नसकेको यथार्थलाई मध्यनजर गर्दै आगामी दिनमा त्यहाँ रहेको जनशक्तिलाई कसरी उपयोग गर्ने रु भन्ने बिषयमा शिक्षा समितिमा छलफल भएको छ ।
गाउँपालिकाका शिक्षा समिति संयोजक समेत रहेका कमल गाउँपालिका अध्यक्ष  राई बिद्यार्थी संख्या बढन नसकेको अवस्थामा त्यहाँ कार्यरत जनशक्तिलाई पालिका भित्रै आवश्यकता अनुसार समायोजन गर्ने प्रकृया अघि बढाइने बताउँछन । उनले भने , –‘हामीले पालिकामा कार्यभार सम्हालेदेखिनै यो बिद्यालय मात्रै होइन पालिकाभरीका सबै सामुदायिक बिद्यालयहरुमा गुणस्तर बढाउने र सबै कमलबासी बालबालिकालाई गुणस्तरीय बिद्यालय शिक्षा दिने नीति अनुरुप काम गरिरहेका छौं, एकैपटकमा यो काम सम्भव छैन स्पष्ट योजना र खाका बनाएर हामी समग्र सामुदायिक बिद्यालयलाई ध्यानमा राखेर काम गरिरहेका छौं । ’

शिक्षा समितिको यस्तो निर्णय
कमल गाउँपालिकाको शिक्षा समिति बैठकले पालिका भित्र बिद्यार्थी संख्या कम भएका बिद्यालयमा कार्यरत शिक्षकहरुलाई पालिका भित्रै बिद्यार्थी संख्या धेरै र शिक्षकको संख्या कम भएका अन्य बिद्यालयहरुमा कामकाजमा खटाउने नीतिगत निर्णय लिएको छ ।
बिहिबार बसेको शिक्षा समितिको बैठकले यस्तो नीतिगत निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताए । उनका अनुसार यो पालिकामा अन्य ५० भन्दा कम बिद्यार्थी भएको एक अर्को आधारभुत बिद्यालय पनि छ भने एक सय भन्दा थोरै बिद्यार्थी भएका बिद्यालय धेरै छन ।

 

Facebook Comments Box