नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आजबाट सरकारी वकिलले बहस गर्दैछन् ।
गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा प्रतिवादीतर्फका सबै कानुन व्यवसायीको बहस हिजो सकिएपछि आजबाट सरकारी वकिलले बहस गर्नेछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।