दमक/ झापाको दमक १० स्थित वडा कार्यालयको आयोजनामा मंगलबार सो वडामा निशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरिएको छ । वर्क फर नेपाल नामक गैह्रसरकारी संस्थाको समन्वय र मेची नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १८१ जनाले सेवा लिएका वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । शिविरमा आएका मध्ये आँखामा मोतिया विन्दुको समस्या देखिएका पाँच जनाको यही मसिंर १६ र १७ गते निशुल्क शल्यक्रिया तथा उपचार गरिने पनि वडाध्यक्ष भण्डारीले बताए ।
शिविरमा आएका मध्ये करिब ४० जनामा मोतिया बिन्दुको संक्रमण शुरु भएको पाइएको छ । ३० शिविरको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले उदघाटन गरेकी थिइन भने वडाध्यक्ष भण्डारीको अध्यक्षतामा शिविरको औपचारिक उदघाटन गरिएको थियो । वर्क फर नेपालका कार्यक्रम संयोजक तिलोचन अधिकारी, अस्पतालका डा. राजेश श्रेष्ठको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा समिति सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुसँगै वडाबासीहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।