दमक/ नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको आज अन्त्येष्टी गरिएको छ ।
कमल ५ निवासी ८८ बर्षिय नेता शर्माको सोमबार अपरान्ह साढे ४ बजे निधन भएको थियो । कन्काई मुक्ति घाटमा आज उहाँको अन्त्येष्टी अघि निवासमा श्रद्धाञ्जलीका लागि पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पुगेका थिए ।
कन्काई मुक्तिघाटमा उनको दाहसंस्कारमा पूर्व मन्त्री एवं कांग्रेस नेता केशबकुमार बुढाथोकीसहित जनप्रतिनिधिहरु, कांग्रेसका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक , शैक्षिक व्यक्तित्वहरुको उल्लेखीय रुपमा सहभागी भएका थिए । स्वर्गीय नेता शर्माको निधनमा दमक बहुमुखी क्याम्पस र कमल ५ स्थित मंगलमय माविले पनि आज शोक विदा दिएका छन ।