दमक/झापाको कमलमा एक युवाले आफनै बुवाको हत्या गरेका छन ।
कमल गाउँपालिका वडा नं ४ का ४५ बर्षिय भोलाकुमार तामाङको आज बिहान करिब साढे ६ बजे हत्या भएको प्रहरीले जनाएको छ । २६ बर्षिय छोरा आशिषले मादक पदार्थ सेवन गरेर भएको आपसी झगडामा दाउले हानेर बाबुको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोेजकुमार लामाले बताए । घटनापछि फरार रहेका आशिषलाई सोही वडास्थित एक दग्ध सहकारी अगाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box