दमक/ झापा क्षेत्र नं–५ प्रदेश प्रदेश ख अन्तर्गत पर्ने दमकको वडा नं ४ मा कांग्रेसको हिमाल पहाड तराई मधेस दोश्रो जनजागरण अभियान अन्तर्गत प्रजातान्त्रिक आन्दोलनमा सहयोग पुरयाउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

दमक–४ मा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुसहित जिल्ला प्रतिनिधि राजेन्द्र भट्टराइ, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी लगायतको विशेष उपस्थिती र राजेन्द्र सिटौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
पेल्सी धिमाल ,जीत बहादुर धिमाल ,अग्नि भेटवाल, देबेन्द्र तिमसीना ,पदमलाल मैनाली ,कटक बाहादुर धिमाल, तुलसामाया सिटौला, साबीत्रा श्रेष्ठ , टंक कटुवाल ,सरम धिमाल ,राईनी धिमाल ,हरिसचन्द्र भट्टराई ,भीम विक, अबीरमान विकलाई सम्मान गरिएको हो ।
यस अघि दमकको वडा नं ६ मा एक दर्जन बढी व्यक्तित्वहरुलाई घर घरमै पुगेर सम्मान गरिसकिएको पार्टीका जिल्ला प्रतिनिधि रवि केसीले जानकारी दिनु भयो । दमकका ३ र ४ का अन्य ठाउँहरुमा समेत हिपतम जागरण अभियान अन्तर्गत प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने विशेष व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । त्यस्तै क्षेत्र नं–५ कै प्रदेश क को गौरादहमा आयोजित कार्यक्रममा पनि प्रजातान्त्रिक योद्धा तथा अग्रज कांग्रेस कार्यकर्तालाई सम्मान गरिएको जनाइएको छ ।