दमक/ धन सम्पत्तीको जतिसुकै आशक्त र मोह भएपनि हरेक मानिसको अन्तिम गन्तव्यमा पुग्दा रित्तो हातनै पुगिन्छ । भनिन्छ सम्पत्तीप्रतिको मोह, अहंकार, घमण्ड, वैमनस्य सबै भावको अन्त्य हुने ठाउँ पनि हो घा*ट ।
त्यही घा*टमा कोही सानो पनि सहयोग लिएर पुग्छ भने त्यो भन्दा प्रशंसनिय र उदाहरणीय मानिस कोही हुन सक्दैन ।

यस्तै एक उदाहरणका पात्र हुन झापा गौरादह १ का धार्मिक तथा सामाजिक ब्यक्तित्व कर्ण बहादुर कटुवाल ।  जसले आफनै ठाउँमा रहेको माथिल्लो किस्नी घा*टमा ३२ लाख रुपैयाँको निजी खर्चमा एउटा मन्दिर र मलामी बिश्रामस्थलका रुपमा उपयोग हुने गरिको पक्की घर बनाइदिएका छ्न ।
कटुवालले गौरादह १ र कमल १ को सिमानामा पर्ने माथ्लो किस्नी घा*टमा २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अटन सक्ने क्षमता भएको मलामी विश्राम तथा प्रतिक्षालयको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण समेत गरे ।

शुक्रवार सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका कोशी प्रदेशका पुर्व मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रममा ती संरचनाको स्वामीत्व माथिल्लो किस्नी घा*ट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह १ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । धर्मपत्नी र आफना सन्ततीहरुसहितको ठुलो उपस्थितीमा कटुवाललाई सो क्षेत्रका बासिन्दाको तर्फबाट सो अवसरमा दानबीर कटुवाललाई सम्मान समेत गरिएको छ ।
सो अवसरमा प्रदेश सभा सदस्य अमर बिस्ट, गौरादह नगर प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलबर्सा राजबङ्शी, निबर्तमान गौराद नगर प्रमुख रोहित साह लगायत सो क्षेत्रका राजनीतिक, सामाजीक ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कटवाल परिवारले विभिन्न समयमा सो क्षेत्रका आधा दर्जन मठमन्दिर , जनता माबी, ईलाका प्रहरी कार्यलय गौरादह लगायतलाई झन्डै करोड मूल्य बराबरको दान तथा सहयोग गरेर सामाजिक , धार्मिक क्षेत्रमा योगदान दिएका छन कटुवालका सुपुत्र छोरा भुपाल कटुवाल भन्छन– चार कोरी उमेर पार गर्नुभयो उहाँ (बुबा)को धार्मिक र सामाजिक क्षेत्रमा सहयोगको भावनामा अझै कमि छैन । कटुवालले निजी खर्चमा विना स्वार्थ गरिरहेको सामाजिक सहयोग र सेवाभावको उनका बारेमा जान्ने बुझ्नेहरु मुक्तकण्ठले प्रशंसा गर्ने गर्छन ।

Facebook Comments Box