पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा  आउँदैछन  ।  शनिबार झापामा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा  आउन लागेका हुन ।

बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा  आउन लागेका हुन ।  यो कार्यक्रमका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन् ।
पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने  राप्रपाको दाबी छ ।  आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ ।
शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाको भनाइ छ । भोलि ८ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन चर्काइरहेको बेला  छुट्टै शक्ति प्रदर्शन हुन लागेको हो ।

Facebook Comments Box