पोखरा/ माछा मार्ने क्रममा करेन्ट लागेर पति पत्नीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा पति पत्नीकै मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनी श्रीमती ४६ वर्षीया सवित्री सुनार छन्। सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट दुबै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा चिकित्सकले उनीहरुलाईमृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

 

Facebook Comments Box