दमक/    झापाको कमल गाउँपालिका ७ विष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयले यसैसाता स्वर्ण महोत्सव मनाउँदैछ । मंसीर ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउन लागेको हो ।
विद्यालयमा आज स्वर्णमहोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि यहि मंसीर ५ गतेदेखि शुरु भई ७ गतेसम्म विभिन्न कार्यक्रम गरि स्वर्णमहोत्सव मनाउन तयारी गरेको जनाएको हो ।
स्वर्णमहोत्सव सम्पन्न गर्न सवै तयारी पूरा भएको आयोजक समितिका संयोजक विद्यालयका अध्यक्ष ओमनाथ तिम्सिनाले जानकारी दिए ।
स्वर्णमहोत्सव सफल बनाउन मूल आयोजक समितिसहित विभिन्न उपसमितिहरुले आवश्यक तयारी गरिरहेका जनाइएको छ ।
पत्रकार सम्मेलनमा विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनालले स्वर्णमहोत्सवका सन्दर्भमा विद्यालयले प्रकाशन गर्ने स्मारिका तथा । विद्यालयको शैक्षिक विषयमा जानकारी गराएकी थिइन् ।
उनका अनुसार अंग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ३ सयका हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।
कक्षा ८ सम्म पढाई हुने यस विद्यालयमा ४ जना स्थायी शिक्षक, पालिकाबाट २ शिक्षक र थप ९ जना निजी स्रोतबाट शिक्षकहरु सेवारत छन् । प्रअ खनालको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति समेत गठन गरिएको बताइएको छ ।
सोहि अवसरमा विद्यालयका सदस्य समेत रहेकी स्वर्णमहोत्सव आर्थिक उपसमितिका संयोजक सन्तोष राईले स्वर्णमहोत्सव सफल बनाउन विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोगको विवरण सुनाएका थिए । हालसम्म उपसमितिमा ४ लाख १५ हजार बढी सहयोग संकलन भएको उनले जानकारी दिए ।
व्रिटीस तथा भारतीय भुपु सैनिकहरुको पहलमा २०३० सालमा सो बिद्यालय स्थापना भएको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा हुने स्वर्णमहोत्सव उदघाटनको अवसरमा बिद्यालयका संस्थापक तथा प्रवर्तक धन्जुमान घले गुरुङको परिवारबाट निर्माण गरिएको नवनिर्मित स्वर्णमहोत्सव स्तंभको अनावरण , स्मारिका लोकापर्णसँगै खेलकुद , सम्मान लगायतका विबिध कार्यक्रमहरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा सिंहदेवी विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुभक्त लामिछाने, सञ्चालक समितिका सदस्य जेवी राई, सदस्यहरु, शिक्षकहरु लगायतको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments Box