कमल/ नक्कली फेसबुक आइडी बनाएर जथाभावी क्रियाकलाप गरेको आरोपमा झापाको कमल १ का एक किशोर पक्राउ परेका छन ।
कमल १ का विनोद थापालाई तीन दिन अघि प्रहरीले पक्राउ गरेको हो ।

उनी विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइम सम्बन्धी मुद्धा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनलाई झिलझिलेमा राखेर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

नक्कली फेसबुक आइडीमार्फत धेरै खाले कानुन विपरितका क्रियाकलाप गरेको भन्ने छ थप अनुसन्धान भइरहेको छ–प्रहरी प्रवक्ता रिजालले भने । थापा कमल बाल सञ्जालका अध्यक्ष समेत रहेका बताइएको छ । उनले आफनो सक्कली फेसबुक आइडीमार्फत सञ्जालका गतिबिधि, शैक्षिक कृयाकलपा, अवलोकन भ्रमण आदीका तस्विर तथा सामग्रीहरु पोस्ट गरेका छन भने उनको नक्कली फेसबुक आइडीका बिषयमा प्रहरीले विस्तृत सार्वजनिक गरेको छैन ।

Facebook Comments Box