दमक/नेपाली कांग्रेसले सञ्चालन गरिरहेको हिपतम जागरण अभियान अन्तर्गत झापाको साविक लखनपुरमा पर्ने कमल गाउँपालिका वडा नं ५ र ६ मा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाउने ११ जना बृद्धबृद्धालाई घर घरमै पुगेर सम्मान गरेको छ ।


कांग्रेस लखनपुर गाउँ सभापति राजकुमार न्यौपानेका अनुसार विर्खबहादुर कार्की, दिलबन्धु राजवंशी, सोमनिया ताजपुरीया, गुरुभक्त संग्रौला, गोविन्द शिवाकोटी, भीम ताजपुरीया, नरेन्द्र्र सापकोटा, जिवननाथ प्रधान, टेकबहादुर काफ्ले , गोविन्द शिवाकोटी र विनोद ठटाललाई सम्मान गरेको हो ।
सो अवसरमा कांग्रेसका पुराना नेता एवम् पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, जिल्ला सदस्य हुकुमसिंह राई, अभियानका लागि खटाइएका जिल्ला प्रतिनिधिहरु भुमि राई, कृष्ण धिमाल, तेजु धिमाल , तरुण दल झापा ५ का सभापति गोकुल श्रेष्ठ लगायतका नेताहरुले उनीहरुले प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै घर घरमा पुगेर सम्मान गरे । सभापति न्यौपानेले वडा नं ७ कमा पनि सोहि किसिमको कार्यक्रमलाई निरन्तरता दिईने बताए ।

Facebook Comments Box