आगलागीमा जलेर घाईतेको उपचारमा प्रदेश सरकारको समन्वय

Author Nishkarsha News
२०८० कार्तिक २७, सोमबार १९:४६

विराटनगर /  मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म  आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको उपचारमा कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको छ । राति स्थानीय दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो ।

तस्विर क्याम्पसन : विराटनगरको न्यूरो आर्या अस्पतालमा उपचाररत घाइते ।‌

लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना  घाइते भएका छन् । आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  काठमाडौं लग्न पर्ने घाइतेको लागि अस्पतालसंग कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । “यहाँका अस्पतालहरूसंग समेत समन्वय गरेर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका छौं, काठमाडौंको बर्न अस्पतालमा पनि कुराकानी भई रहेको छ,” कार्कीले भने,”चिकित्सकको सल्लाह अनुसार क-कसलाई संघीय राजधानी लाग्ने अथवा यतै उपचार गर्ने निर्णय हुनेछ ।”  कार्कीले अस्पतालहरूमा रहेका घाइतेको उपचारमा समस्या हुन नहुनेमा प्रदेश सरकार सम्बेदनशील रहेको बताए ।‌
घाइतेहरूको  बिएन्डसी अस्पताल बिर्तामोड,न्युरो आर्या विराटनगर,  विराट नर्सिङ होम विराटनगर,  रेडप्लस अस्पताल विराटनगर,  लाइफलाइन अस्पताल दमकमा र गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।‌

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्