दमक/मोरङको सुन्दरहरैचा १० स्थित विराटचोक केराबारी सडकमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएकोछ ।
उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश १–०१०१६ प ३४५६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक –५ बस्ने का अन्दाजी २६ बर्षिय राजिब साहको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते साहको आर्या न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा शनिबार साँझ मृत्युभएको हो ।