दमक/ नेपाल प्रहरीका एक जना उपरिक्षक (एसपी)ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ ।
कन्काई न.पा. ८ बिरिङ पुल स्थित पुर्व पश्चीम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल ६ का १८ बर्षिय अनिल मर्डीको ज्यान गएको हो ।
शुक्रबार राती करिब साढे ७ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट जादै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठाक्किएका थिए ।
मर्डीको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुरयाउनसाथ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कमल गा.पा. ६ का १९ बर्षिय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ बर्षिय पुजन राजवंशी घाइते भएका छन ।
स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी उपरिक्षक ५१ बर्षिय भिम बहादुर दाहालको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।