झापा/ कांग्रेस झापा यतिबेला महासमिति सदस्य निर्वाचनको संग्राममा छ । झापाको क्षेत्र नं ५ मा उसैपनि धेरै कारणले महासमिति निर्वाचनको विशेष चर्चामा छन ।

पात्रहरु अलग अलग विशेषता र कारणले चर्चामा छन । महासमिति सदस्यको भुमिका पार्टीको नीति निर्माण तहमा हुने गर्छ त्यसकारण पनि महासमिति सदस्यहरु चुन्ने यो निर्वाचन महत्वपूर्ण छ ।

यस पटकको उम्मेदवारहरु मध्ये युवा नेता अइन्द्रविक्रम केरुङ महासमिति सदस्यका लागि तोकिएको आदिवासी जनजाति कोटाबाट उम्मेदवार बनेका छन ।

केरुङका पार्टीमा नयाँ उर्जा र कांग्रेसमा पुनः जागरणका लागि आफनो उम्मेदवारी रहेको बताए । दमकलाई कर्मथलो बनाएर राजनीतिमा सक्रिय नेता केरुङको राजनीतिक पृष्ठभुमि नेविसंघ हो । बिद्यार्थी राजनीतिमा सक्रिय हुँदा उनले नेविसंघमा बिद्यार्थीहरुलाई आवद्ध गराई लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर भुमिका निर्वाह गरे ।

नेविसंघको नेतृत्व गर्दै दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेदवारी दिएका उनी नेविसंघको झण्डा फहराउन सफल भएका नेता हुन । उनी सो क्याम्पसको स्ववियुमा नेविसंघको जित गराउने पहिलो नेता हुन ।

दमक १ का स्थायीबासिन्दा नेता केरुङका  पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा १३ औं र १४ औं महाधिवेशनमा (दुई पटक) निर्वाचित भएपछि यसपटक महासमिति सदस्यका लागि आफनो योग्यता पुगेको र महासमितिमा युवा सहभागिताका लागि पनि आफनो उपस्थिती आवश्यक भएको बताउँछन ।

सालिन र सरल स्वभावले उनलाई कार्यकर्ताहरुमाझ लोकप्रिय व्यक्तित्वका रुपमा परिचित गराएको छ । नेपाली राजनीतिमा कांग्रेसको भुमिका सशक्त बनाउन पार्टीमा युवा पुस्ताको उदय भइसकेकोले आफनो उम्मेदवारी त्यसैको परिणामका रुपमा रहेको केरुङको तर्क छ । पार्टीमा पाकाहरुको आशिर्वाद र युवाहरुको साथ आवश्यक भएको बताउँदै युवा नेता केरुङ भन्छन –”अव युवाको भुमिका हस्तक्षेपकारी हुनुपर्छ । मेरो उम्मेदवारी त्यसैका लागि हो “।

Facebook Comments Box