दमक/ झापाको दमकस्थित अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकले भोली (आइतबार) देखि एक हप्तासम्म एक्स्चेन्ज मेला सञ्चालन गर्दैछ ।
टिभिएसका मोटरसाइकल प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै सञ्चालन गरिने चाडपर्व लक्षित सो मेलामा कम्पनीका तर्फबाट बम्पर उपहारसहितका विभिन्न अफरहरु दिईने कम्पनीले जनाएको छ ।
दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकै रहेको टिभिएसको आधिकारिक बिक्रेता अनुशिल ट्रेड कन्सनले सोही स्थानमा कार्तिक १९ देखि २५ गतेसम्म सञ्चालन गर्ने एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू दिइएको सार्वजनिक गरिएको छ ।
जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा ५० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले जनाएको छ ।