६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम यसबर्ष आज अन्तिम दिन सञ्चालन हुँदैछ ।
यस बर्ष दशैं टिका परेका कारण सो कार्यक्रम कार्तिक १७ र १८ गते सञ्चालन गर्ने सरकारको तयारी अनुसार दमकमा पनि शुक्रबार यो कार्यक्रम सञ्चालन गरिएको थियो । आज शनिबार सम्म सञ्चालन हुने अभियानको वडा नम्बर १ फाल्गुनन्द चोकस्थित खोप क्लिनिकमा दमक नगर प्रमुख राम कुमार थापाले आब्यान भट्टराईलाई भिटामिन ए क्याप्सुल खुवाएर यसको औपचारिक शुभारम्भ गरेका थिए । प्रमुख थापाले सबैलाई यो राष्ट्रिय अभियान सफल बनाउन आव्हान गरे ।
दमक नगरभित्र भिटामिन ए र जुकाको औषधि खुवाउने लक्षित उमेर समुहका बालबालिकाको संख्या ८ हजार हाराहारीमा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिए ।
दमक नगर २५ वटा खोप केन्द्र र १० वटा आधारभुत स्वास्थय केन्द्र मार्फत भिटामिन ए र जुकाको औषधि खुवाईने उनले बताए । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नगरपालिकाको स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box