दमक/ झापा, कमल –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ बर्षिय अनिल कार्कीको रहस्यमयी मृत्यु प्रकरणबारे थप रहस्यहरु खुल्न थालेका छन । प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा मृतकका ससुरा पुण्यप्रसाद पोखरेल र मृतककी श्रीमती चाहना पोखरेल विरुद्ध परेको किटानी जाहेरीका आधारमा मुद्धा दर्ता गरिसकेपछि उनको मृत्यु प्रकरणबारे थप रहस्यहरु बाहिर आएका हुन ।
कार्कीको मृत्युपछी प्राप्त तथ्यहरु हेर्दा ६ कार्तिक अर्थात महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी पारिवारिक बिषयमा कुराकानी भइरहको समयमा सो वडाका वडाध्यक्ष नरेन्द्र भटटराई कार्की निवासमा पुगेका थिए ।
सो क्रमम भट्टराईले कार्कीमाथी हातपात समेत गरेको साथै आफूहरुको पारिवारिक मामिलामा बिना कारण बारबार हस्तक्षेप गर्ने गरेको भनि कार्कीले आफन्त र शुभचिन्तकहरुसँग भन्ने गरेका पाइएको छ ।
आफूमाथी वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको बिषयलाई लिएर मृतक कार्की दशैं टिकाको दिन अर्थात ७ कार्तिकमा नै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए ।
तर उनको जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईको एकपक्षीय दबाब र हस्तक्षेप आफैंमा रहस्यमयी रहेको गुनासो गर्ने गरेका थिए । अहिले वडाध्यक्ष भट्टराई आफूले नियमित चलाउने गरेको मोवाइल स्वीच अफ गरेर सर्वसाधारणको सम्पर्क बाहिर छन ।
कार्कीको मृत्युपछि धरानमा पोष्टमार्टमका लागि पठाइएको शव बुझन कार्कीका संरक्षक तथ अभिभावकको भुमिकामा रहेका मावली परिवारले अस्विकार गर्दै आएका छन ।
वडाध्यक्ष भट्टराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्दै वडाअध्यक्षको नाम प्रहरीले आफू खुशी हटाएर निवेदकलाईनै झुक्याएको आरोप पीडित पक्षको छ ।
प्रहरीले सो घटनामा मृतककी श्रीमती चाहना पोख्रेलसहित उनका बुबा पूण्यप्रसाद पोख्रेललाई नियन्त्रणमा लिएर आजनै जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको जनाएको छ ।
जाहेरीकर्ता कार्कीका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिन जाँदा जाहेरी लिन अस्वीकार गरेको भन्दै हिजो इलाका प्रहरी कार्यालय दमक अगाडी प्रदर्शननै गरेका थिए ।
केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दै आएका थिए । उनकी एक छोरी छन ।

 

Facebook Comments Box