दमक/ झापा दमक ८ का २८ बर्षिय एक युवक डाँका मुद्धामा ६ महिनाका लागि कारागार चलान भएका छन । गएको असोज २४ गते झापा जिल्ला अदालतले डाँका मुद्धामा फैसला सुनाइएका दमक ८ का २८ बर्षिय मोहन साह आइतबार कारागार चलान भएका हुन ।
अदालतको फैसलापछि फरार रहेका साहलाई गएको ५ कार्तिकमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो ।
सो मुद्दामा उनलाई अदालतले ६ महिना कैद र .२० हजार जरिवाना तथा पीडित राहत कोषमा रु.४०० । जम्मा गर्नु पर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।