मोटरसाइकल एकापसमा ठोक्किदा गौरीगञ्जमा एक जनाको मृत्यु

Author Nishkarsha News
२०८० कार्तिक ११, शनिबार ०९:१३

दमक/झापाको गौरीगञ्ज ५ पेट्रोल पम्प नजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी करीब ७ बजे सो ठाउँमा दुई वटा मोटरसाइक एकापसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नं ५ का ६० बर्षिय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को३३प ६३६४ को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को२८प ३०८६ मोटरसाइकल एकापसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको हो ।
दुर्घटना लगत्तै उनलाई दमकको निम्स हस्पिटलमा ल्याइएको थियो । उनलाई अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । साथै अर्का मोटरसाइकल चालक ३२ बर्षिय तुलसी ताजपुरीया सामान्य घाईते भएका छन । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्