दमक/ झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यसबर्षको दशैं विपन्न तथा असहायहरुसँग मनाएका छन ।
अध्यक्ष राईले दशैंको सन्मुखमा पालिका भित्रका असहाय तथा विपन्न परिवारलाई निजी खर्चमा घरमै खाद्यन्न र सहायता सामग्रीहरु राहत स्वरुप हस्तान्तरण गर्दै दशैं मनाएका हुन ।
उनले सो पालिकाको वडा नं ६ स्थित जिम्दार चोक निवासी बृद्धा पवनी ताजपुरियालाई ह्विलचियरसहित खाद्यन्न सामग्री प्रदान गरे ।
रुखबाट लडेर घाईते भई थलिएकी बृद्धा ताजपुरियाको हिंडडुलमा सहजताका लागि आफनो निजी खर्चमा एक थान ह्विलचियरसँगै चामल, दाल, नुन, तेल, सोयाबिन लगायतको खाद्यसामग्री राहत स्वरुप प्रदान गरेका अध्यक्ष राईका स्वीकय सचिव रोशन दाहालले जानकारी दिए । केही दिन अघि अध्यक्ष राईले सोही वडाका भरत लामालाई आवश्यक औषधी उपचार सहायता रकम, २५ केजी चामलसहितको खाद्यन्न राहत प्याकेज प्रदान गरेका थिए । त्यस्तै सवारी दुर्घटनामा परि थलिएका वडा नं ७ का श्रवण ताजपुरियालाई पनि सोही अनुसारको खाद्यन्न राहत प्रदान गरेका थिए ।
विपन्नहरुको घरमा पनि बिहान बेलुका अनिवार्य चुल्हो बल्नु पर्छ भन्ने मान्यता राख्दै आएका राईले पालिकको नेतृत्वमा नरहँदा पनि यस किसिमको सहायता गर्दै आएका थिए ।

 

Facebook Comments Box