दमक/ दमकस्थित जीवन चक्र समाजले आज वडादशैं, दिपावली र छैठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सहभागिहरुवीच एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै सामाजिक कार्यमा संलग्न काजी राउतलाई सम्मान गरिएको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा होटल व्यवसायी समेत रहेका राउतले सामाजिक तथा विभिन्न परोपकारी कार्यमा पुरयाँएको योगदानको कदर गदैं उनलाई सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।
आयोजक संस्थाका कार्यक्रम संयोजक डिल्ली अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गणेशप्रसाद गौतमले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने प्रमुख अतिथि गुरागाई, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका पूर्व सभापति लीला गुरागाई, क्लव हिमालयन टाइगरका अध्यक्ष रेवतचन्द्र भण्डारी, पत्रकार बिष्णु सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव गणेश प्रधानले सञ्चालन गरेका थिए ।

Facebook Comments Box