दमकमा भेटिए म्याद गुज्रेका अखाद्यवस्तु,जुसदेखि वियर सम्म म्याद गुज्रिएका

Author Nishkarsha News
२०७६ आश्विन २, बिहीबार १७:५८

दमक/झापाको दमक बजारमा म्याद गुज्रेका खानेकुरा अधिक भेटिएको छ ।

बजारमा आज गरिएको आकस्मिक अनुगमनका क्रममा प्याकेजिङ गरिएका अधिकांश खानेकुराहरु म्याद गुज्रेको पाइएको हो । दमक बजार अनुगमन समितिका संयोजक भिमप्रसाद पौडेलको नेतृत्वमा खाद्य खाद्य सामाग्री लक्षित बजार अनुगमन गरिएको थियो ।

टोलीले आज विशेष गरि बेलडाँगी र दमकको तरकारी बजार आसपासका पसलहरुमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरतबहादुर पुरी, नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौला, ईलाका प्रशासन कार्यालय दमकका टंक दुलाल, प्रहरी, उपभोक्ता अधिकारवादी संघ संस्था लगायतको सहभागिता थियो ।

अनुमगनमा क्रममा म्याद गुज्रेको रियल गोल्ड वियरका ५५ वटा वोतल फुटाएर नष्ट गरिएको थियो ।

त्यस्तै तरकारी बजार आसपासमा रहेका जुस सेन्टर, किराना पसल लगायतमा भेटिएको प्याकेजिङ गरिएका अखाद्य खानेकुरा समेत नष्ट गरिएको थियो भने दमकमा केहि बर्ष अघिदेखिनै प्रतिबन्ध लगाइएको पोलिथिन झोला समेत बरामद गरिएको थियो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्