दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन आज दमक आउँदैछन । आफनो निर्वाचन क्षेत्र झापा ३ मा दशैं विशेष कार्यक्रम , पार्टी संगठनका अतिरिक्त बिकास निर्माणका योजनाहरुका बारमा अन्तरक्रिया र निरिक्षणमा रहेका लिङदेन पार्टी सम्बद्ध मजदुर संगठनले दमकमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन दमक आउने भएका हुन ।

राप्रपा झापा क्षेत्र नं ५ का अध्यक्ष भिमप्रसाद पौडेलका अनुसार अध्यक्ष लिङदेन दिउँसो ३ बजे दमक ७ स्थित मेची जस्केलो होटलमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्न दमक आउने भएका हुन । सो सँगै अध्यक्ष लिङदेन पार्टी, कार्यकर्ताहरुसँगको भेटघाट अन्तरक्रिया तथा शुभकार्यहरुमा सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए । अध्यक्ष लिङदेन एमाले अध्यक्ष केपी ओलीले विर्तामोडमा आयोजना गरेको शुभकामना आदनप्रदानमा पनि सहभागी हुने क्षेत्रीय अध्यक्ष पौडेलले जानकारी दिए ।

Facebook Comments Box