दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार काठमाडौंबाट झापा आउँदैछन । बर्षेनी महानवमीको दिन गृह जिल्ला झापामा आफैंले आयोजना गर्ने गरेको दशैं बिशेष शुभकामना आदनप्रदान कार्यक्रम यसपटक आज षष्ठीको दिननै आयोजना गरेका हुन । सो कार्यक्रम मध्यान्हपछि विर्तामोडमा हुनेछ ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभामा विपक्षी दलका नेता देवेन्द्र दाहालका अनुसार २०५६ सालदेखि दशैंको नवमीको दिन हरेक वर्ष शुभकामना कार्यक्रम आयोजना गर्ने गरिएको थियो । अध्यक्ष ओलीले आयोजना गर्ने शुभकामना कार्यक्रममा जिल्लामा उपलब्ध विभिन्न पार्टीका शिर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएको बताइएको छ ।
अध्यक्ष ओलीले सो कार्यक्रममा सहभागीहरुसँग व्यक्तिगत भेटघाट गर्ने र तस्विर खिचाउने गर्छन अध्यक्ष ओली दशैंका तीन दिन दमकस्थित आफ्नो निवासमा नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
अध्यक्ष ओलीले विजया दशमीको टीका भने लगाउने छैनन । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने निकट स्रोतले जनाएको छ ।
आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् ।
उनी नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

Facebook Comments Box