दमक/ दमक नगरपालिका वडा नं ५ सुकुम्बासी टोलबाट चार जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो विशेष सुचनाका आधारमा सो ठाउँका २४ बर्षिय समिर गजमेरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य तीन जना दमक ६ का २९ बर्षिय रोशल बुढाथोकी, वडा नं .५ का २४ बर्षिय रोशन माझी र चुलाचुली गाउँपालिका वडा नं. ४ का २३ बर्षिय सागर लिम्बु रहेका छन ।
उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम फेला परेको प्रहरीको दाबी छ । उनीहरुलाई प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।