दमक/ दमकमा जारी दोस्रो रोयल महिला फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार भएको खेलमा भोजपुर नगरपालिकाको टिम बिजयी भएको छ ।
बसाहा फुटबल क्लब उदयपुरलाई सुन्यका बिरुद्ध दुई गोल गर्दै भोजपुर बिजयी भएको हो ।
दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको सो खेलमा विजयी भएसँगै भोजपुर दोस्रो चरणमा प्रवेस गरेको प्रतियोगिताका खेल सम्योजक राजु खड्काले बताए । प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा धरान महिला फुटबल क्लब सुनसरी र टसि ब्वाइज क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकका टिम व्यवस्थापन संयोजक इजु तामाङले जानकारी दिए ।
कात्तिक ५ गते सम्पन्न हुने प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र विधागततर्फ वोमेन अफ द म्याच, बोल्डन बल अवार्ड, गोल्डेन बुट अवार्ड ,गोल्डेन ग्लोभ्स अवार्ड र रोयल वेष्ट राईजिङ प्लेयर अवार्डबाट उत्कृष्ठ हुने एक ,एक जना खेलाडीलाई समेत जनही नगद २ हजार तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक खड्काले जानकारी दिए ।

Facebook Comments Box