दमक/झापाको दमक ४ मा करीब पौने १ करोड रुपैयाँको लगानीमा चियाबारी रिसोर्ट  एण्ड होटल सञ्चालनमा आएको छ ।
स्थानीय युवा व्यवसायी तथा वामपन्थी राजनीतिमा सक्रिय उमेश सिटौलासहित उनका चार दाजुभाईले सामुहिक रुपमा आफ्नै पारिवारिक स्वामित्वको जग्गामा सो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन बर्ष २०२० लाई समेत सघाउन र स्वरोजगारको अवसर सिर्जनाका लागि सिटौला दाजुभाईले सो रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् ।

रिसोर्टको आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका छन् । अधिकतम स्वदेशी बेत र बाँँसका सामाग्रीहरुको प्रयोगबाट निर्माण गरिएको सो रिसोर्टमा स्थानीय जातकै कुखुरा र आफ्नै पोखरीमा उत्पादित माछाका परिकारहरु विशेष परिकारका रुपमा उपलब्ध गराइने सञ्चालक सिटौलाले बताए ।

पूर्व पश्चीम राजमार्गसंगै जोडिएको दमकको चियाबगान किनारमा रहेको वेतेनी खोला तटमा रहेको सो रिसोर्टमा प्राकृतिक सौन्दर्यता समेत नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सक्ने सञ्चालकहरु बताउँछन् । होटल तथा लजहरुको संख्या दमक र आसपास क्षेत्रमा दिनहुँ जसो थपिने क्रम रहेपनि रिसोर्ट न्यून संख्यामा छन् ।

Facebook Comments Box