दमक/झापाको शिवसताक्षीमा जिल्लास्तरीय खुल्ला बुद्धीचाल (चेस) प्रतियोगिताको तयारी गरिएको छ । औपचारिक रुपमा शिवसताक्षीमानै पहिलो पटक त्यस किसिमको जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिन लागेको हो ।
शिवसताक्षी वुद्धिचाल संघले । दश,ै तिहार र छठपर्वको अवसर पारेर प्रतियोगिता संचालन गर्न लागेको हो । दुधेलाई खेलकुदको माध्यमबाट परिचित गराउन कार्तिक ७ देखि ९ गने सम्म दुधेमा सो प्रतियोगिता सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लाहानशिंह तुम्वाफोले जानकारी दिनु भयो ।
प्रतियोगितामा ७४ हजार रुपैयाँ नगद पुरस्कार राशी राखिएको छ । करिव २ लाख खर्च हुने अनुमान गरिएको सो प्रतियोगिताका लागि स्थानीय सरकारका साथै खेलप्रेमीहरुबाट जुटाइने बताइएको छ ।
नेपाल पुर्व च्याम्पियन आर्बीटर भुपेन्द्र निरौलाको नेतृत्वमा निर्णायक टोलीले प्रतियोगिता संचालन गर्ने खेल संयोजक भिम थाम्सुहाङ्गले जानकारी दिनु भयो ।
प्रतियोगिताको उपाधि विजताले १५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी, चौथो हुनेले ६ हजार ,पाँचौ हुनेले ५ हजार र छैटौ देखी १० आंै हुने बिजेताले जनही ३ हजार रुपैयाँ र प्रमाण पत्र पाउने आयोजक समितिले जनाएको छ ।
यस्तै वर्गाीकृत पुरस्कार तर्फ भेट्रान, वेष्ट महिला, उदयमान खेलाडी , शिवसताक्षी नगरतर्फको च्याम्पियन, उत्कृष्ठ दुधे र उत्कृष्ठ अन्डर १६का विजेताले जनही २ हजार र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।