दमक/ दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम(पिएलजीएसपी) को राष्ट्रिय निर्देशक समिति सदस्यमा चयन भएकी छन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अध्यक्ष रहने सो समितिको सदस्यमा कोशी प्रदेशका स्थानीय तहहरु मध्येबाट दमक नगर उपप्रमुख भट्टराई मनोनित भएकी हुन ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालामा संघीयता, सुशासन, सार्वजनिक खरिद प्रणाली, वित्तीय विकेन्द्रीकरण लगायतका शासन र सुशासन सम्बन्धी मुद्धाहरुमा केन्द्रीत रहने गरी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
कार्यक्रमले प्रदेश तथा स्थानीय शासन प्रणाली र प्रकृया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि संघीयताका लाभहरू अभिवृद्धि गराउने उद्देश्य राखेको छ ।
कार्यक्रमको विकास साझेदारको रुपमा डिफिड, एसडिसी, नर्वे, इयू र संयुक्त राष्ट्रसंघ रहेका छन् ।