दमक/ दमकको एक होटलमा कोठा भाडा लिएर बसेका तीन जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान साढे ९ बजे दमक नगरपालिका– १ स्थित एक होटलको कोठा भाडामा लिएर बसेका दमक– ५ का ३० बर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक–९ का २० बर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई नगरपालिका– ४ का २२ बर्षीय मित्रलाल राजवंशीलाई १ ग्राम ब्राउनसुगर र नाईट्राभेट १५ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र जिल्ला  प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका– २ का १९ बर्षीय मुकेश यादब, २१ बर्षीय चन्दन कुमार यादब र संजय कुमार यादबलाई ईनरुवा नगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box