दमक/  इटहरी उपमहानगरपालिका–१७ मझौराकी आफनै नातेदार एक महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो ठाउँमा सोमबार कमला तामाङलाई खुकुरी प्रहार गरी हत्या गर्ने भोजपुरको साल्पासिलिचोक ९ का ४९ बर्षिय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अपरान्ह ४ बजे तामाङलाई उनकै ज्वाई नाता पर्ने तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

Facebook Comments Box