दमक/ झापाको दमक -२ स्थित हम्सेदुम्से सामुदायिक वन भित्र रतुवा घाँट नजिकै आज विहान एक जना महिलाको शव फेला परेको छ । इलाम चुलाचुली ५ दाहालडाँडा बस्ने ६० वर्षिया रत्नकुमारी राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
आज बिहान ८.३० बजे जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरबाट हिडेकी राई हिजोदेखि बेपत्ता रहेकी थिइन् । विहान जंगलमा घाँस काटन जाने महिलाले शव देखेपछि हल्लाखल्ला गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाका बारे थप अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।