इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।
यसअघि एक मन्त्रीले दिएको सूचनालाई आधार मानेर निष्कर्ष न्यूजसहित सहित थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पुनश्चः यस अघि प्रकाशित यस सम्बन्धिको समाचारमा असावधानीका कारण भएको त्रुटीप्रति क्षमा प्रार्थी छौं ।