दमक/ दशैंको अवसर पारेर झापाको दमकमा प्रदेश आमन्त्रण नकआउट दोश्रो रोयल महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
सामाजिक, व्यवसायिक, खेलकुद लगायतका विभिन्न क्षेत्रमा संगठित रुपमा काम गर्दै आएका युवाहरु सम्मिलित रोयल स्पोर्टिङ क्लबको आयोजनामा यही असोज २८ गतेदेखि सो प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको हो ।
खेल संयोजक राजु खडकाको संयोजकत्वमा गठित समितिले प्रतियोगिताका लागि आवश्यक बजेट जुटाउन देश विदेशमा रहेका खेलप्रेमी, सहयोगी शुभेच्छुकहरुलाई अनुरोध गरेको छ ।
हाल दुवईमा रहेका नेपाल बेस बल महासङ का केन्द्रिय सदस्य युवा ब्यवसायी राफ्फे कम्पनी सम्युक्त अरब इमिरेट्स(Dubai) का सिइओ विवेक सुवेदीले सो प्रतियोगिताका लागि आवश्यक सबैभन्दा ठुलो सहयोग रकम रु १, ००००० ( एक लाख रुपैयाँ) पठाएका छन ।
कार्तिक ५ गते सम्म हिमालय माविको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सीएफसी काठमाडौं, धरान महिला फुटबल क्लब, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका भोजपुर, बसाह फुटबल क्लब उदयपुर, विवाइसी इलाम र आयोजक टिमले भाग लिनेछन । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार पुरस्कारसहित ट्रफी मेडल प्राप्त गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने खेल संयोजक राजु खडकाले जानकारी दिए । आयोजक क्लबले सो प्रतियोगिताको खेल तालिका (टाइसिट) समेत सार्वजनिक गरिसकेको छ । (हेर्नुहोस खेल तालिका )
